Home / Nepal / News / कोरोनाका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

कोरोनाका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । दोलखाका ७६ वर्षीया वृद्धको मृत्यु भएको हो । 

उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए । जेठ १५ गते उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य मन्त्रालयले उनको आज मृत्यु भएको पुष्टि गरेको छ । 

कोरोनाका कारण मृत्यु भएकाको संख्या ९ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *