विराटनगर । कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ ।
उपचारमा रहेकी एकजनाको कोसी अस्पताल विराटनगर र अर्की महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
कोशी अस्पतालमा मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ आएको कोसी अस्पताल आईसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए । उनी विराटनगर महानगरपालिका वडा नम्बर–४ की बासिन्दा हुन् । उनको हिजो साँझ कोसी अस्पतालमा मृत्यु भएको बताउँदौ डा.यादवले भने, “६४ वर्षीया महिलामा ज्वरो, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।” महिलामा स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि शुक्रबार दिउँसो आईसोलेसनमा भर्ना गरिएको थियो ।
उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विराटनगर–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ नै मृत्यु भएको छ । उनमा पेटछात्ती दुख्ने र श्वासप्रश्वास सम्बन्धी समस्या बढेपछि न्यूरो अस्पताल विराटनगरले धरान रिफर गरिदिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले शव व्यवस्थापनको तयारी थालिएको जानकारी दिएका छन् ।






