अस्ट्रेलियाविरुद्धको पहिलो टी-२० खेलमा घरेलु टिम इंग्ल्यान्डले जित हासिल गरेको छ।शुक्रबार राति साउथह्याम्टनमा भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १६२ रन जोड्न सफल भयो।उसका लागि डविड मलानले ४३ बलमा ६६ रन र ओपनर जोस बटलरले २९ बलमा ४४ रनको योगदान दिए।
त्यस्तै बलिङ तर्फ इंग्ल्यान्डका जोफ्रा आर्चर र अदिल रसिदले २-२ विकेट लिए।
यो जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ।






