Home / Nepal / News / चितवनमा ६ वर्षीय बालक, प्रहरी र थुनुवा सहित थप ८ जनामा कोरोना संक्रमण

चितवनमा ६ वर्षीय बालक, प्रहरी र थुनुवा सहित थप ८ जनामा कोरोना संक्रमण

corona recover children

चितवन ।  चितवनमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणको नतिजामा दुईजना प्रहरी,  एक थुनुवा र एकजना बालकसहित ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको हो । 

स्वास्थ्य कार्यालय, चितवनका प्रमुख दीपक तिवारीका अनुसार दुईजना नेपाल प्रहरी, एक सशस्त्र प्रहरी, एकजना जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवा, एक ६ वर्षीय बालक, एकजना भरतपुर अस्पतालमा बहिरगं विभागमा उपचार गर्न आएका बिरामी, एकजना चितवन मेडिकल कलेजमा उपचारार्थ बिरामी र अर्का एकजना गैंडाकोटको होम क्वारेन्टिनमा रहेका व्यक्ति छन् । 

कोरोना पुष्टि भएकामध्ये ६ जना चितवनका हुन् भने २ जिल्ला बाहिरका रहेको तिवारीले जानकारी दिए । 

तीमध्ये शुक्रबार एकै परिवारका तीनजनामा कोरोना पुष्टि भएका परिवारका सदस्यका बालक रहेका छन् ।

 शनिबार ६९ जनाको स्वाब परीक्षण नतिजामा थप ८ जनामा कोरोना देखिएको हो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *