Home / Nepal / नेपालमा चीनको प्यासेन्जर गाडी ल्याइँदै

नेपालमा चीनको प्यासेन्जर गाडी ल्याइँदै

काठमाडौं : चाङ्गन अटो ग्रुपले नेपाली बजारमा आउने घोषणा गरेको छ। चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादन विक्री वितरण गर्न नेपालस्थित एमएडब्लु वृद्धि अटोकर्पसँगको व्यापारिक साझेदारी गर्न लागेको हो।

सन् २०२१ मा चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी विक्री भएका थिए। सन् २०२० मा यस ब्रान्डबा २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकमा विक्री भएको जनाइएको छ। चीनमा विक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटो ग्रुपले उत्पादन गर्ने जनाइएको छ।

एमएडब्लु स्कोडा, जिप, जेसीबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता हो । यो अटोमोबाइल क्षेत्रमा काम गर्ने देशकै दोश्रो ठुलो कम्पनी रहेको पनि जनाइएको छ ।

एमएडब्लुका अध्यक्ष विष्णु अग्रवालको अनुसार सेडान, पिकअप, एसयुभी र ईभीको साथसाथै अवार्ड विनिङ युनिआई श्रेणीका ब्राण्डहरु उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो बेग्लै छवि बनाउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *