काठमाडौ: सोमबारबाट गुँला पर्ब सुरु भएको छ। बौद्ध धर्मालम्बीहरुले एक महिनासम्म मनाइने गुँला पर्व सोमबारदेखि सुरु भएको हो। हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट यो पर्व सुरु हुने परम्परा रहिआएको छ।
नेपाल भाषामा “गुँ” को अर्थ नवौं र “ला” को अर्थ महिना अर्थात प्रत्येक वर्ष नेपाल सम्वतको नवौं महिनामा पर्ने भएकाले यस पर्वलाई गुँला पर्व भनिएको हो।
गुँला पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँठाउँमा बाजा बजाएर नगर परिक्रमा गर्ने चलन रहेता पनि कोरोना कहरका कारण सरकारले सार्बजानीक कार्यक्रमम धेरै मान्छे जम्मा हुन रोक लगाएका कारण प्रभावीत भएको छ। यस अबधीभरी हरेक दिन विहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बी आफनो छुटाछुटै रुपमा परिक्रमा गर्ने गर्दछन्।
काठमाडौ उपत्यकामा विशेष गरेर बज्राचार्य र शाक्य थर भएका समुदायले गुला बाजा बजाउने चलन छ। यस पर्वका क्रममा दैनिक विहान बाजागाजा बजाई मठमन्दिर, वौद्ध विहार र चैत्यमा जाने गर्दछन्। शाक्य बज्राचार्यबाहेक यो बाजा कंशाकार, मानन्धर , प्रजापति थरका समुदायले पनि बजाई छुटाछुटै रुपमा परिक्रमा गर्ने प्रचलन रही आएको छ।
एक महिने गुला पर्वको अवसरमा मानिशहरु हरेक दिन आ-आफनो क्षेत्रका मठमन्दिर, बौद्ध विहारका साथै बिभिन्न ठाँउहरुमा घुम्ने गर्दछन। गुँला बाजाको टोलीले नाग पञ्चमीका दिन भक्तपुरको चाँगुनारायण, जनैपूर्णिमाका दीन पाटनको बंगलामुखी मन्दिर कृष्ण जन्माष्टमीका दिन काठमाडौंको स्वय्म्भुनाथ, विजेश्वरी, शोभा भगवती, मरुगणेश, जनबाहाल, सेतो मच्छिन्द्रनाथ परिक्रममा गरिने चलन छ।






