Home / World News / चिनियाँ रक्षामन्त्री एक दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमान्डौं आउदैं

चिनियाँ रक्षामन्त्री एक दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमान्डौं आउदैं

काठमाडौं: एकदिने भ्रमणका क्रममा चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो आइतबार काठमाडौं आउने भएका छन।

स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हेले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी शर्मा ओली सँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ।

भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृंगला दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आइतबार नेपाल आउनुलाइ रणनीतिक महत्वका साथ हेरिएको छ।

परराष्ट्र मन्त्रालयको प्रेस बिज्ञप्ती
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *