Home / Nepal / News / बाग्लुङको बरेङ गाउँपालिकामा सुत्केरीलाई कुखुरा उपहार कार्यक्रम

बाग्लुङको बरेङ गाउँपालिकामा सुत्केरीलाई कुखुरा उपहार कार्यक्रम

बलेवा : सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ। गत वर्ष सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएपछि गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ। 

गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न गाउँपालिकाले कार्यक्रम बनाएको बताइन्। गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा तथा आयोडिन नून वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ चालू वर्षमा सञ्चालन गरिएको उनले बताइन् । 

“कार्यक्रमले जाँगर पैदा गरेको छ, देख्दा सानो तर मातृशिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौँ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “सानो उमेरमा गर्भ बोक्न हुन्न, समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावस्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ।” चालू वर्षको पछिल्लो पाँच महिनामा सो गाउँपालिकामा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ। छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *