Home / Nepal / News / जङ्गली हात्तीको आक्रमणबाट सुनसरीमा एकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट सुनसरीमा एकको मृत्यु

सुनसरी : सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो। आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए । 

घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोलीेले घटनास्थलमा गई अनुसन्धान शुरु गरेको छ । स्थानीयवासीले पटकपटक आरक्षणबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु पीडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् । दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायत जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *