Home / Nepal / News / बलिउड किंग शाहरुख खानले सुरुगरे ‘पठान’ फिल्मको छायांकन

बलिउड किंग शाहरुख खानले सुरुगरे ‘पठान’ फिल्मको छायांकन

मुम्बई : बलिउडका किंग खान शाहरुख चाँडै नै ‘पठान’ बनेर ठूलो पर्दामा आँउदै छन् । यसका लागि शाहरुखले छायांकन सुरु गरिसकेका छन् ।  

सोमबार शाहरुख एक निर्माण कम्पनीको स्टुडियो बाहिर लामो कपालका साथ क्यामेरामा कैद भए । उनको यो लुक एक्सन प्याक्ट चलचित्र ‘पठान’का लागि हो । 

सिद्धार्थ आनन्दको निर्देशन रहने पठान २०२१ मा रिलिज गर्ने तयारी रहेको छ । यस चलचित्र मार्फत पुनः एकपटक शाहरुख र दीपिकाको जोडी देखिने भएको छ । 

खबरका अनुसार चलचित्रमा ‘टाइगर फ्रेन्चाइज’ का जोया र टाइगर (कट्रिना र सलमान) पनि केमियो भूमिकामा देखिँदै छन् । भने अभिनेता जोन अब्रहाम भिलेनको भूमिका निभाउँदै छन् । 

कोरोना महामारीलाई मध्येनजर गर्दै चलचित्रको छायांकन भारतमा मात्रै सिमित रहने छ । छायांकनका लागि विशेष स्टुडियोको निर्माण गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *