काठमाडौं- स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ओसासुनालाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० ले पराजित गरेको हो। ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र लाएक्स मोरिबाले एक एक गोल गरे। दुवै गोलका लागि कप्तान लिओनल मेसीले सहयोग गरे।
खेलको ३०औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ८३ औं मिनेटमा मोरिबाले गोल गरे।
जितपछि बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोड्दै लिडर एट्लेटिकोलाई पछ्याइरहेको छ।
बार्सिलोनाभन्दा दुई खेल कम खेलेको एट्लेटिकोको ५८ अंक छ। ओसासुना २६ खेलबाट २८ अंक सहित १३औं स्थानमा रहेको छ।






