Home / Nepal / News / पहाडी भू–भागमा मेघगर्जनसहित र काठमाडौंमा हल्का वर्षा हुने

पहाडी भू–भागमा मेघगर्जनसहित र काठमाडौंमा हल्का वर्षा हुने

काठमाडौं : आज देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ।

केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको र स्थानीय वायुको पनि केही प्रभाव रहने महाशाखाले जानकारी दिएको छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागसँगै काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको छ। “काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना देखिन्छ,” उनले भने ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा वागमती र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *