Home / Nepal / अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

काठमाडौं : अमेरिका पठाईदिन्छु भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सोमबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका, ३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङका ५९ वर्षीय लालबहादुर कार्की रहेका छन्।

कार्कीले पाँचथर तुम्बेवाका ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ भन्दै उक्त रकम ठगी गरेका हुन्।

अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइदिने आश्वासन दिएर उक्त रकम ठगी गरी सम्पर्क विहीन भएपछि पीडितको उजुरीपछि प्रहरीले उनलाई झापा अर्जुनधारा नगरपालिका, ५ शान्तिचोकबाट पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *