Home / Nepal / News / पावर ट्रेलर दुर्घटना हुँदा चालकको मृत्यु

पावर ट्रेलर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं : कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोलामा पावर ट्रेलर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बाराको गढीमाई गाउँपालिका–५, पथराका ३२ वर्षीय चन्द्रशेखर चौधरीको मृत्यु भएको हो। उनको उपचारको क्रममा बुटवलस्थित मर्सिसिटी अस्पतालमा हिजो राति सवा ९ बजे मृत्यु भएको जनाइएको छ।

हिजो बेलुका करिब सवा ७ बजे ना५ख ६४६४ नम्बरको केमिकल बोकेको पावर ट्रेलर पल्टिँदा केमिकलको ड्रमले चौधरीलाई किचेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *