Home / Nepal / News / बैंकको खातामा पर्याप्त रकम नभई सो भन्दा बढीको चेक काटेर दिईने ब्यक्ति पक्राउ

बैंकको खातामा पर्याप्त रकम नभई सो भन्दा बढीको चेक काटेर दिईने ब्यक्ति पक्राउ

काठमाडौं : बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको कलङ्कीमा लुकिछिपी बसिरहेका अवस्थामा उनलाई पक्राउ गरेको हो। अनादर मुद्दा (बैंकिङ कसुरमा) दोषी ठहर भई फरार रहेका काठमाडौं  महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार आज कारागार चलान भएका हुन्।

उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौंका नानीबाबु खरेललाई रु एक करोड ६३ लाखको चेक काटेर दिई फरार रहेको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौं जिल्ला अदालतले एक महिना कैद र रु तीन हजार जरिवानाको सजाय सुनाएको थियो। उनीबाट रु एक करोड ६३ लाख बिगो भराउने फैसलासमेत भएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *