एजेन्सी: कोरोना भाइरसबाट अति प्रभावित मुलुक अमेरिकामा फेजर बायोटेक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सोमबार बाट लगाउन सुरु गरिएको छ।
सोमबार सुरु गरिएको पहिलो खोप कोरोना भाइरस विरुद्ध फ्रन्ट लाइनमा काम गरिरहेकी एक नर्सलाइ लगाएर सुरुवात गरिएको थियो।
न्युयोर्कको एक अस्पतालको आइसीयूमा कार्यरत नर्सलाइ खोप लगाएर कोभिड विरुद्धको खोपको सुरु गरिएको हो। अमेरिकाले २०२१ को अप्रील सम्ममा १० करोड मानिसहरुलाई खोप दिने लक्ष्य राखेको छ।
अमेरिकामा हाल सम्म कोरोना सन्क्रमीतको संख्या १६ करोड रहेको र सकृय सन्क्रमीतहरुको संख्या अझै ६७ लाख भन्दा बढी रहेको छ।






