Home / Nepal / News / वासुदेव विद्यादेव गुठीद्वारा शशि शाह र किरण केसीलाई पुरस्कारको घोषणा

वासुदेव विद्यादेव गुठीद्वारा शशि शाह र किरण केसीलाई पुरस्कारको घोषणा

काठमाडौं : वासुदेव विद्यादेव लुइँटेल गुठीका अध्यक्ष डा. सुषमा आचार्यको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गुठीबाट प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ ।

कोरोना महामारी सिर्जित विषम परिस्थितिका कारण समयमा प्रदान गर्न नसिकएका दुई वर्षको पुरस्कारको निर्णय गुठीले गरेको हो।

जसअनुसार २०७६ सालको हास्यव्यंग्य चित्रकलातर्फको पुरस्कार वरिष्ठ कलाकार शशि शाहलाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यसैगरी, २०७७ सालको हास्यव्यंग्य अभिनयतर्फको पुरस्कार हास्य अभिनेता किरण केसी ‘रातामकै’लाई प्रदान गर्ने निर्णय गरिएको छ । दुवै पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

घोषित पुरस्कारहरू आउँदो भदौ महिनाभित्रै अनुकूल समयमा प्रदान गरिने गुठीले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *