Home / Nepal / News / काठमाडौं महानगरपालिकाले कर नतिर्ने कम्पनीमा ताला लगाउँदै

काठमाडौं महानगरपालिकाले कर नतिर्ने कम्पनीमा ताला लगाउँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले नगरभित्र रहेका ठूला करदातामध्ये कर नतिर्ने कम्पनीमा ताला लगाउने भएको छ।

महानगरले ठूला कम्पनीलाई तीन दिनभित्रमा कर बुझाइसक्नु पर्ने म्याद थप गरेको थियो । उक्त म्यादमा पनि कर नबुझाए कम्पनीमा ताला लगाउने चेतावनीसहित पत्राचार गरेको थियो।

महानगरले गत बुधबार पाँच वर्षदेखि कर नबुझाउने २० वटा करदाता कम्पनीको नाम सार्वजनिक गर्दै कर तिर्न पत्राचार गरेको थियो ।

कर नबुझाउने कम्पनीहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एन.आर टी क्लब, युनाइटेड वल्ड ट्रेड सेन्टर, वागमती च्याम्बर, बुद्धबारी कम्पलेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्प्लेक्स, नेपाल रेडक्रस सोसाइटी, कृषि सामग्री संस्थान, एलआर आई बोर्डिङ स्कुल, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, शुभश्रीको अपरेटिभ लिमिटेड, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी पोपर्टिज प्रालि र स्टार मल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *