Home / Society / चितवनमा पनि फेसबुकमा लाइभ गरेर १९ बर्षिया किशोरीले गरिन आत्महत्या

चितवनमा पनि फेसबुकमा लाइभ गरेर १९ बर्षिया किशोरीले गरिन आत्महत्या

काठमाडौँ । दाङको घटना सेलाउन नपाउदै चितवनमा पनि फेसबुक लाइभ गरेर एक युवतीले आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको जानकारी दिए ।

भरतपुरमा ती युवतीले ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको इन्सपेक्टर भट्टले बताए । ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । साथीहरुको नभएको समयमा ती युवती सलको पासो लगाएर झुण्डिएकी प्रहरीको भनाइ छ । 

केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *