Home / Sports / इंग्लिस प्रीमियर लिग च्याम्पियन लिभरपुल विजयी

इंग्लिस प्रीमियर लिग च्याम्पियन लिभरपुल विजयी

एजेन्सी । इंग्लिस प्रीमियर लिग च्याम्पियन लिभरपुल विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा एअटन भिल्लामाथी २-० गोलले विजयी भएको हो ।

लिभरपुलको जितका लागि सडिओ माने र कोर्टिस ओनेसले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा घरेलु टोली लिभरपुुलले अग्रता लिएको थियो ।

खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले नाबी केइटाको पासमा गोल गर्दै लिभरपुललाई १-० गोलको अग्रता दिलाएका हुन् ।

त्यस्तै खेल सकिन एक मिनेट बाँकी रहँदा जोनेसले गोल गर्दै अग्रता दोब्बर पारे । उनले खेलको ८९ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई २-० गोलको जित दिलाएक हुन् ।

जितसँगै लिभरपुलको ३३ खेलबाट ८९ अंक पुगेको छ । पराजित एस्टन भिल्ला २७ अंकसहित रेलिगेसन जोनमा छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *