Home / Nepal / अभिनेत्री मनिषा कोइराला भैरहवा नाका हुदै स्वदेश आइन्, सेनाको टोलीले गर्यो पिकअप

अभिनेत्री मनिषा कोइराला भैरहवा नाका हुदै स्वदेश आइन्, सेनाको टोलीले गर्यो पिकअप

काठमाडौ । बलिउड अभिनेत्री मनिषा कोइराला भैरहवा नाका हुदै स्वदेश आएकी छन् ।

नेपालले लम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए ।

मंगलबार  बेलहिया नाकाबाट अभिनेत्री कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।


कोइराला आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् । 

उनलाई नेपाली सेनाको एक टोलीले सीमा पुगेपछि तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन ।

मनिषा कोइराला आएको भन्ने जानकारी पाएको तर जिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको बताइएको छ । उनको परिवारमा अब होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।

मनिषाको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए ।

नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा उनले खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्। 

यो पनि पढ्नुहोस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *