Home / Society / वैदेशिक रोजगारीको निम्ति कुवेत गएका झन्डै तीन सय नेपाली घर फर्किए

वैदेशिक रोजगारीको निम्ति कुवेत गएका झन्डै तीन सय नेपाली घर फर्किए

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका नेपाल नागरिकमध्ये झन्डै तीन सय नेपाली बिहीबार स्वदेश फर्किएका छन् ।

कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका नेपाली कुवेत सरकारको पहलमा आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाले साझा बसमार्फत उनीहरूलाई होल्डिङ सेन्टरमा पु¥याएको थियो ।

जजिरा एयरवेजको न्यारोबडीमार्फत उनीहरू स्वदेश फर्किएका हुन् । कुवेतबाट २ हजार ९ सय ९१ जनाले नेपाल फर्किन चाहेका छन् ।

अन्यलाई चरणबद्ध रूपमा स्वदेश फर्काइने सरकारले जनाएको छ । हेरौं विमानस्थलबाट होल्डिङ सेन्टरतर्फ जाँदै गरेका नेपाली थप तस्बिर :

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *