लेटाङ । मोरङको लेटाङमा पटक पटक लाइन काटीने समस्या आएपछि घरेलु तथा साना उद्योगीहरुले समस्यामा परेको बताएका छन् ।
बिद्युत प्राधिकरण बेलबारी बितरण केन्द्रको लापरबाहिका कारण बिद्युत सञ्चालनमा समस्या सृजना हुदां सानाउद्योगीहरु ठुलो समस्यामा परेको घरेलु तथा साना उद्योग संघ लेटाङका अध्यक्ष उत्तम श्रेष्ठले बताउनु भयो ।
समस्या समाधानका लागी व्यवसायीहरुले आलोपालो गरेर उद्योग चलाउने आवस्था आउँदा समेत समस्या समाधान नभएपछि उद्योग वन्द गर्नु पर्ने अवस्था सृजना भएको उहाँले जानकारी दिनुभयो ।
बेलबारी देखि लेटाङ सम्मका करिब चार सय साना तथा घरेलु उद्योगमा समस्या देखिएपछि बुधबार अगुवा ब्यवसायीहरु विद्युत कार्यालयमा माग सुनुवाईका लागि गएका हुन् ।
प्रशारण लाइनमा प्रयोग भएको तारको साईज सानो भएर तिब्र लोडका कारण तार चुड्ने र भोल्टेज घटवड हुने समस्या बडेपछि समस्या समाधानको माग गर्दै आफुहरु बिद्युत प्राधिकरणमा ध्यानाकर्षणको लागी गएको उद्योगी मनिष सुर्य मगरले बताउनुभयो ।
उहाँले गर्मी र बिद्युतको अनियमित आपूर्तिले चिस्यानमा समस्या भएको र मासुजन्य ब्यवसाय संकटमा परेको गुनासो गर्नुभयो ।
उपभोक्ता र उद्योगको संख्या बढेसँगै बिद्युत खपत बढदै जाने तर बिद्युतको क्षमता नबढेका कारण उद्योग सञ्चालनमा दिनानु दिन समस्या भएको मिल ब्यवसायी संघका सचीव उद्धब कोइरालाले दुखेसो पोख्नुभयो ।
घरेलु तथा साना उद्योग संघ लेटाङका उपाध्यक्ष डिल्ली कट्टेलले दैनिक विद्युत आउने जाने गरेको बताउदै साना उद्योगमा पटक पटक लाइन काटीदा धरै क्षती हुदै गएको जानकारी दिनुभयो ।
मेसिन तात्न मात्रै ३ घण्टा लाग्छ मेसिन तात्न नपाउदै लाईन जान्छ अनि कसरी उद्योग सञ्चालन गर्ने के खाएर बाच्ने कसरी कर्मचारीलाई तलव दिने उहाँको दुखेसो छ ।

फिडरमा समस्या हुदा बेलैमा वनाउन नआउने , फोन गर्दा फोन नउठाउने, मोवाईलमा गर्दा कर्मचारी फिल्डमा छन् भन्ने जस्ता गैर जिम्मेवार जवाफ दिएर आफुहरुलाई तनाव सृजना गर्ने गरेको ब्यवसायी सुदेश वस्तीले बताउनुभयो ।
यता विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्रका प्रमुख धिरेन्द्र बजगाइले व्यवसायीहरुको माग जायज भएको बताउदै केहि समयमानै कामलाई अगाडी बढाउने बताउनुभयो ।
उहाले केन्द्रीय प्रशारणबाटै विद्युत आपूर्ति कम भएको र क्यापासिटरको अभावले पुर्ण भोल्टेज पठाउन नसकिएकोले समस्या आएको जानकारी दिनुभयो ।
रुखका हागाले लाइनमा छोएर समेत समस्या देखा पर्ने गरेको छ ।
विद्युत समस्या राष्टिय समस्या भएका कारण हुन सक्ने सम्मको काम सहकार्यका आधारमा गर्न आफु तयार रहेको उहाले जानकारी दिनुभयो ।
साथै लेटाङ प्रशारणको बिस्तारको लागि डिपिर तयार भैसकेको र काम चाडै अघि बढ्ने उहाँले बताउनु भयो ।






