Home / Society / १० किलो गाँजासहित एक युवा पक्राउ

१० किलो गाँजासहित एक युवा पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । 

उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो । 

८५ सुर्तीका प्याकेटमा प्याक गरि बिक्री गर्ने अवस्थामा घरभित्र लुकाइ राखेको अबस्थामा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार गुरुङलाई थुनामा राख्न आजै जिल्ला अदालतबाट सात दिनको समय थप गरि अनुसन्धान सुरु गरिएको छ । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *