काठमाडौं : आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लील फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका ८ का २३ वर्षीय सुजन जिरेल रहेका छन्। हाल उनी काठमाडौंको टोखा बस्दै आएका थिए।
प्रेमिकासँग विवाद भएपछि मोबाइलसमेत खोसी लिई फेसबुक, इन्स्ट्राग्राममा अश्लील फोटो, भिडियो पोस्ट गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनलाई काभ्रेको पाँचखालमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
उनीमाथि विद्युतीय कारोबार ऐन कसुरमा आवश्यक कारबाहीका साेमबार महानगरीय प्रहरी परिसर पठाइएको बताइएकाे छ ।






