Home / Nepal / News / बैतडीकी एक महिलाले चौथोपटक शल्यक्रियामार्फत जन्माइन् शिशु

बैतडीकी एक महिलाले चौथोपटक शल्यक्रियामार्फत जन्माइन् शिशु

काठमाडौं : बैतडीकी ३७ वर्षीया नीरा बोहोराले काठमाडौंको नर्भिक अस्पतालमा आज दिउँसो चौथोपटक शल्यक्रियामार्फत शिशु जन्माएकी छन्।

शल्यक्रियामा संलग्न वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माका अनुसार यसअघि तीनपटक शल्यक्रिया गरेर जन्मिएका बच्चामध्ये पहिलो र दोस्रोको मृत्यु भएको थियो। तेस्रो र अहिले जन्मएको बच्चा भने स्वस्थ रहेका छन्।

चौथोपटक सफल शल्यक्रिया गरिएको नीराको ‘केस’ भने दुर्लभ भएको डा. शर्माले बताइन्। सामान्यत: तीन पटकभन्दा बढी शल्यक्रिया गरेर बच्चा जन्माउनु जोखिमपूर्ण मानिन्छ। अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *