Home / Nepal / News / होटेलमा उधारो पैसा माग्दा उल्टै बम राखेको आरोपमा एकजना पक्राउ

होटेलमा उधारो पैसा माग्दा उल्टै बम राखेको आरोपमा एकजना पक्राउ

काठमाडौं : होटेलमा खाएको उधारो पैसा माग्दा उल्टै बम राखेर तर्साएको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको तेमाल गाँउपालिका–२ का ३२ वर्षीय नवीन तामाङ रहेका छन्।

भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ मा शिबवशरण भुजुले सञ्चालन गरेको दिव्येश्वरी गेस्टहाउसमा उधारो खाएको ४० हजार रुपैयाँ मागेपछि तामाङले गेस्टहाउस सञ्चालकलाई तर्साउनको लागि होक्स बम बनाएर राखेका हुन ।

प्रहरीका अनुसार गेस्टहाउसको कोठामा पुरानो प्रेसरकुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो।

नेपाली सेनाको बम डिस्पोजल टोलीले गए राति शंकास्पद् वस्तुलाई निस्क्रिय पार्दा विस्फोटक पदार्थ फेला नपरेको, होक्स बम भएको उक्त कुकरभित्र ब्याट्री तार राखी बिजुलीको प्लगमा जोडेको पाइएको थियो ।

प्रहरीका अनुसार बुद्धचित्रको माला बेच्न बसेका तामाङले आफ्नै घरबाट ल्याएको प्रेसरकुकरलाई होक्स बम बनाएर गेस्ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *