काठमाडौं : मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु भएको छ। सिरहाको धनगढीमाई नगरपालिका–६ मा अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।
गए राति स१०प ४२४७ नम्बरको मोटरसाइकलले करिब साढे ११ बजे पैदल हिँडिरहेका किशोरलाई ठक्कर दिएको थियो। मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।






