नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण आइतबार बिहान बर्दियाको ठाकुरबाबा नगरपालिका ६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ।
कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिएका छन।






