काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख १४ हजार ५ सय २१ पुगेको छ भने संक्रमीतको संख्या ३ करोड ९९ लाख २७ हजार ४ सय ११ रहेको छ।
हाल सम्म २ करोड ९८ लाख ६८ हजार ८ सय ९० जना निको भएर घर फर्किसकेका छन। भने सकृय संक्रमीतको संख्या ८९ लाख ४५ हजार रहेको छ।
पछिल्लो २४ घन्टामा देश भरीमा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या १ लाख २९ हजार ३ सय ४ रहेको छ। जसमध्धे ७ सय २७ जनाले ज्यान गुमाएका छ्न।
बिगत २४ घन्टामा थप १२ जनाले ज्यान गुमाएका छ्न भने संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ८९ हजार ८ सय ४० जना र ३८ हजार ७ सय ३७ जनाको उपचार भइरहेको जनाइएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






