Home / Society / उदयपुरको कटारिमा स्कोरपिओ दुर्घटना हुंँदा ५ को मृत्यु ३ गम्भीर घाइते

उदयपुरको कटारिमा स्कोरपिओ दुर्घटना हुंँदा ५ को मृत्यु ३ गम्भीर घाइते

उदयपुर: उदयपुर जिल्लाको कटारी नगरपालिकाको भदौरेमा सनिवार राती बा२०च ७१७१ नम्बरको स्कोरपिओ दुर्घटना हुंँदा त्यसमा सबार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको छ।

मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्यांग ९ का २६ वर्षीय कर्णबहादुर सार्की, ३० वर्षीय रामबहादुर सार्की र एक महिला सहित अन्य ३ जना रहेका छ्न।

उनीहरुको पहिचान हुन सकेको छैन। दुर्घटनाको कारण थाहा हुन सकेको छैन भने दुर्घटना भएको साधन सडक बाट झन्डै १ किलोमिटर तल भिरमा खसेको थियो।

त्यसैगरि, दुर्घटनामा घाइते भएका दुइ महिला र स्कोरपिओ चालक रुपन्देहीका २८ वर्षीय पनव खड्काको कटारी अस्पतालमा उपचार भइरहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *