धरान: आज बिहान ४ बजे तिर धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
आस्विन १३ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका धरान उपमहानगरपालिका १० का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।
लामो समयदेखि क्षयरोग र मिर्गौलाको समस्या भएका उनलाइ १२ गते कोरोना पोजेटिभ भएको थियो।






