Home / World News / जापानमा फेरी अर्को शक्तिशाली ताइफु

जापानमा फेरी अर्को शक्तिशाली ताइफु

ओसाका: प्राकृतिक प्रकोपको देश भनेर चिनिने जापानमा यस सिजनमा फेरी अर्को शक्तिशाली ताइफु सुरु भएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार यस बर्सको १४औ ताइफु अक्टोबर ८ तारिख बुधवारबाट जापानको दक्षिणी सहर ओकिनावाबाट सुरु भएको हो।

कडा हावाको वेग सहित भारी बर्षा गराउने ताईफुले जापानको प्राय अधिकाशं भागमा प्रभाव जमाउने छ।

जापानको दक्षिणबाट उत्तर दिशातर्फ अघि बढिरहेको ताइफुले बिहीवार दक्षिण सहर ओकिनावा, खागोसिमा, हिरोसिमा फुकुओका आदि सहरहरूमा प्रभाब जमाइरहेको छ।

अहिले बिस्तारै हावासहितको बर्षा उत्तरी सहर तिर बढिरहेको छ। बिहीवार राती बाट कान्साइ लगायत क्षेत्रमा प्रभाव जम्ने र बिस्तारै नागोया टोकियो लगायतका सहरमा शुक्रबार रातिबाट ताइफुले प्रभाव जमाउने अनुमान गरिएको छ।

ताइफु उत्तरतर्फ अघि बढ्दै जाँदा थप शक्तिशाली बन्दै गइरहेकोले यसले मध्य जापान तिर पुग्दा अझ शक्तिशाली बन्ने अनुमान गरिएको छ।

ताइफुको हावाको गति १५० किलोमिटर प्रतिघन्टाको रहेको छ। यसले दक्षिण सहर ओकिनावा लगायतका क्षेत्रमा ८ मिटरसम्मको छाल आउने मौसम बिभागको वेबसाईटले जनाइएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *