Home / Nepal / नेपाल भारत सीमानामा पाँच मिटर अग्लो पर्खाल लगाउनु पर्छ : बामदेब

नेपाल भारत सीमानामा पाँच मिटर अग्लो पर्खाल लगाउनु पर्छ : बामदेब

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेपाल–भारत खुला सीमानाको कारण नेपालको भूमि अतिक्रमण हुने क्रम बढदै गएकाले सीमानामा पाँच मिटर अग्लो पर्खाल लगाउनु पर्ने बताउनुभएको छ ।

उहाँले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा जारी गर्नु ऐतिहासिक कदम भएको बताउदै अब सीमानामा पर्खाल लगाउनु पर्ने बताउनुभएको हो ।

पार्टीका जोरी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष गौतमले सिंगो राष्ट्रलाई एकतावद्धगरि अतिक्रमित भूमिसहितको नेपालको नयां नक्सा जारीगरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको र भारतीय सेनाा नेपालीभूमिवाट हट्दासाथ नेपालले शतप्रतिशत विजय हासिल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘महाकाली नदीको एकिकृत विकास संवन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकों ह्वीप उल्लंघन गरेको आरोपमॉ म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको थियो। पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोप सहीत पार्टी वाट निश्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस।’

अव ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नु पर्छ।

प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ, उहाँले भन्नुभयो ।

हाम्रा दुवै छिमेकी राष्ट्रसंग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *