Home / Nepal / News / पछिल्लो २४ घण्टामा ४६३ संक्रमित थपिए, संक्रमितको संख्या १२ हजार ७७२ नाघ्यो

पछिल्लो २४ घण्टामा ४६३ संक्रमित थपिए, संक्रमितको संख्या १२ हजार ७७२ नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर नोभेल कोरोना भाइरसका  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ४६३ संक्रमित थपिएका हुन् ।

जसमा १०५ महिला छन् भने ३५८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

शनिबार देशभर ५५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । 

देशभरका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । 

कुल कोरोना संक्रमितको संख्या १२ हजार ७७२ नाघेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३ जना डिस्चार्ज भएका छन् । जसमध्ये २५५ महिला रहेका छन् भने दुई हजार ७५८ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १७९ डिस्चार्ज भएका छन् । जसमा १३ महिला र १६६ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख  हजार  जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख  हजार  जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ४ हजार ९६२ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ६१  हजार ७३१ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ७३१ कोरोना संक्रमितहरु रहेका छन् । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *