मुम्बई : बलिउड अभिनेत्री जिया खानको आत्महत्यामा बनेको वृत्तचित्रको प्रसारण भएको छ। ‘डेथ इन बलिउड’ नामक वृत्तचित्र ब्रिटेनमा बीबीसीमा प्रसारण गरिएको हो।
जम्मा तीन भागमा बनेको वृत्तचित्रको पहिलो भाग सोमबारै प्रसारण गरिसकेको छ। बाँकी दुई भाग मंगलबार र बुधबार प्रसारण हुनेछन्। यस वृत्तचित्रमा जियाकी आमा रबिया खानबाहेक आरोपि सुरज पन्चोलीका बुबा आदित्य पन्चोलीको संस्करण पनि समावेश गरिएको छ।
गजनी, `निशब्द’ र ‘हाउसफुल’ जस्ता चलचित्रमा काम गरिसकेकी जिया खानले सन् २०१३ जुन ३ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
जियाले आफ्नो सुसाइट नोटमा अभिनेता सुरज पन्चोलीसँगको प्रेमसम्बन्धका बारेमा पनि उल्लेख गरेकी थिइन्। उनको सुसाइट नोटपछि सुरजलाई पछि पक्राउ गरियो र पछि जमानतमा रिहा पनि गरिएको थियो। उनको आत्महत्याको अहिले पनि सीबीआईले अनुसन्धान गरिरहेको छ।






