Home / Nepal / News / उखु किसानद्वारा फेरि आन्दोलनको घोषणा

उखु किसानद्वारा फेरि आन्दोलनको घोषणा

काठमाडौं : उद्योगबाट बक्यौता रकम नपाएपछि उखु किसानले आज बिहिबार पत्रकार सम्मेलन गर्दै फेरि काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन्।

यसका लागि समितिले भदौ ५ गतेसम्म किसानको सबै भुक्तानी दिन सरकारलाई पत्र बुझाएको छ। बाँकी सबै भुक्तानी नपाए आन्दोलन चर्काउने संयुक्त किसान संघर्ष समितिले जनाएको छ।

समितिका अनुसार किसानले करिब ९० करोड रुपैयाँ अझै पाउन बाँकी छ । वर्षौँदेखि उखुको भुक्तानी नपाउँदा उखु किसानहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *