Home / Nepal / जीवन विकास लघुवित्तको सेयर ९१४ रुपैयाँमा पहिलो कारोबार

जीवन विकास लघुवित्तको सेयर ९१४ रुपैयाँमा पहिलो कारोबार

काठमाडौं : नेप्सेमा बुधबार (हिजो) सूचीकृत भएको जीवन विकास लघुवित्तको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ ।

आज नेप्सेको स्पेसल प्रि ओपन सेसनमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर ९१४ रुपैयाँमा पहिलो कारोबार भएको छ।

लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको समेत गरी कुल ६० लाख ८४ हजार १०० कित्ता सेयर हिजो नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेले दोस्रो बजारमा कारोबारका लागि लघुवित्तलाई ‘जेबीएलबी’ सिम्बोल प्रदान गरेको थियो । यस्तै, पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *