Home / Nepal / News / बुधबार सम्म देशभर भारी बर्षा हुने पुर्वानुमान

बुधबार सम्म देशभर भारी बर्षा हुने पुर्वानुमान

काठमाडौ- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ।

सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।
मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र सुदुरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ। यस्तै, मंगलबार राति गण्डकी, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

विभागका अनुसार भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्युन चापीय प्रणाली विस्तारी पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ।

बुधबार दिउँसो गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २ र बागमतीमा एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ। बुधबार राति भने गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने संभावना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *