काठमाडौं: देशभरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको पुष्ठि संगै २२८ पुगेको हो।
स्वास्थ्य मन्त्रालयले जानकारी अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएकामा एक बालिका र २ महिला छन् भने ४ पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
त्यस्तै झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरूषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।






