दक्षिण कोरियामा कोरोना भाइरसबाट चार महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन
अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको छ कोरियाको स्वास्थ मन्त्रालयले जनाएको छ।
दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ सङ्क्रमित भेटिए संगै कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १५ हजार ३८१ पुगेको छ ।
सरकारले आज सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३सय ५ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता सहित प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ।
सङ्क्रमितहरुको संख्याका आधारमा कोरियाली सरकारले नागरिकका गतिविधिमा कहिले कडाई त कहिले खुकुलो गरिरहेको छ।






