Home / Nepal / प्रदेश २ मा विभिन्न बैंकका कर्मचारीहरुलाई देखिन थाल्यो कोरोना, फेरि थप एकजनाको मृत्यु

प्रदेश २ मा विभिन्न बैंकका कर्मचारीहरुलाई देखिन थाल्यो कोरोना, फेरि थप एकजनाको मृत्यु

जनकपुर । शनिबार प्रदेश २ मा कोरोनाले थप एकजनाको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ घर भएका ६० वर्षीय एकजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । 
प्रदेशमा पछिल्लो २४ घण्टामा एक सय ९४ जनामा कोरोना संक्रमण भएको छ ।

ती मध्ये धनुषामा छ जना महिलासमेत ३२, सिरहामा एक जना महिलासमेत ११, महोत्तरीमा १४ जना पुरुष, बारामा तीन जना पुरुष, पर्सामा १६ जना महिलासमेत ४८, सर्लाहीमा १२ जना महिलासमेत ५४, रौतहटमा पाँच जना पुरुष र सप्तरीमा दुई जना महिलासमेत २७ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको हो । 

शनिबार सर्लाहीका बरहथवा नगरपालिकामा मात्रै पाँच वर्षदेखि ४७ वर्ष उमेर समूहका ११ जना महिला र छ देखि ७० वर्ष उमेर समूहका २८ जना पुरुषसमेत ३९ जनामा कोरोना संक्रमण भएको छ । सप्तरीको राजविराजमा २० देखि ७० वर्ष उमेर समूहका २३ जनामा कोरोना लागेको छ ।  त्यस्तै, जनकपुरको प्रादेशिक अस्पतालमा दुई जना, आँखा अस्पतालमा एक जना, सिद्धार्थ बैंकमा दुई जना, मुक्तिनाथ बैंकमा एक जना, जिल्ला अदालतमा एक जना, जिल्ला प्रहरी कार्यालयमा एक जना सहितका व्यक्तिहरुमा कोरोना संक्रमण भएको मन्त्रालयले विज्ञप्तिमार्फत पुष्टि गरेको हो । 

प्रदेश २ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ । ती मध्ये सबै भन्दा बढी पर्सामा २० जना, धनुषामा सात जना, बारामा छ जना, सप्तरीमा तीन जना, सिरहा, महोत्तरी र रौतहटमा दुई दुई जना तथा सर्लाहीमा एक जना छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *