काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या ५०० भन्दा धेरै रहेका जिल्ला ५ वटा छन् ।
जसमा काठमाडौं, मोरङ, रौतहट, पर्सा र महोत्तरी छन् । बाँकी ७२ जिल्लामा कोरोना संक्रमित ५०० भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । मृत्यु हुनेकाे संख्या १०२ पुगेकाे छ ।






