Home / Nepal / News / १०२ दिनपछि न्युजियान्डमा फेरि सामुदायिकस्तरमा देखियो कोरोना संक्रमण

१०२ दिनपछि न्युजियान्डमा फेरि सामुदायिकस्तरमा देखियो कोरोना संक्रमण

एजेन्सी । १०२ दिनपछि न्युजियान्डमा पहिलोपटक फेरि सामुदायिक संक्रमण फेला परेको छ । समुदायमा संक्रमण देखिएपछि केही भूभागमा पुनः कडाइका नीतिहरु अपनाइएको छ ।

मंगलबार राति प्रधानमन्त्री ज्याकिन्डा एडर्नले चारवटा नयाँ सामुदायिक संक्रमण भेटिएकाले न्युजिल्यान्डको सबैभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने सहर अकल्यान्डमा अस्थाइ रुपमा तेस्रो स्तरको कडाइ लागु गरिने घोषणा गरेकी छिन् ।  

चारैवटा नयाँ संक्रमण दक्षिण अकल्यान्डस्थित एकै घरको भएको बताइएको छ जसमा एकजना न्युजिल्यान्ड बाहिर भ्रमणबाट आएका छन् । यस सम्बन्धी स्वास्थ्य प्रमुख डाक्टर एसली ब्लुमफिल्डले भनेकी छन्, “हामीलाई थाहा थियो कुनै दिन यस्तो हुन्छ भनेर त्यसैले हाम्रो स्वास्थ्य प्रणाली यो समयका लागि तयार भएर बसेको थियो,” यसरी अकल्यान्डका नागरिकहरुलाई यतिबेला सरकारसँग सहकार्य गरि सावधानीपूर्ण नीति नियमहरु इमान्दारीपूर्वक अपनाउन एर्डनले आग्रह गरेकी हुन् । यसले स्वास्थ्य अधिकारीहरुलाई कन्ट्याक्ट ट्रेसिङका लागि पनि पर्याप्त समय दिने एडर्नको भनाइ छ । 

तेस्रो स्तरको नयाँ कडाइ अन्र्तगत अतिआवश्यक बाहेकका व्यवसायसहित रेस्टुरेन्ट, बारहरु सबै बन्द रहनेछन् । त्यस्तै मानिसहरु पनि जरुरी काम पर्दा बाहेक घरबाट निस्कन पाउनेछैनन् र १० जनाभन्दा बढी भेला भएर बस्न पनि निषेध गरिएको छ । 

त्यस्तै अकल्यान्डमा स्कुलहरु पनि बन्द रहने बताइएको छ । यो सहर बाहेक बाँकी न्युजिल्यान्डभर चाहिँ दोस्रो स्तरको कडाइ लागु गरिने भनिएको छ जसमा १०० वा सो भन्दा बढी समूहमा बस्न पाउँदैनन् भने रेस्टुरेन्ट लगायतका व्यवसायमा सामाजिक दूरी अपनाउनुपर्ने हुन्छ अनि म्युजियम, लाइब्रेरी, स्वीमिङ पुल लगायतका सार्वजानिक स्थलहरु एक मिटरको भौतिक दूरी काम गर्न सक्षम भएमा र व्यक्तिको सुरक्षा सुनिश्चित गर्न सकेमात्र खोल्न पाइनेछ । सीएनएन 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *