काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. बिष्णु प्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । आइसीयूमा उपचाररत उनको आज बिहान १ बजे मृत्यु भएको हो ।
उनी मेनेन्जाइटिसको समस्या देखिएपछि गत साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।






