Home / Nepal / News / रौतहटमा ज्वरो र रुघाखोकी लागेर वडाध्यक्षको निधन, बल्ल थालियो पिसिआर टेस्टको तयारी

रौतहटमा ज्वरो र रुघाखोकी लागेर वडाध्यक्षको निधन, बल्ल थालियो पिसिआर टेस्टको तयारी

गौर । रौतहटमा एक जना वडाध्यक्षको निधन भएको छ। इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ बर्षिय देवेन्द्र ठाकुरको आज बिहान निधन भएको हो।

दुई सातादेखि ज्वरो, रुघा र खोकी लागेर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नसिँग होममा लैजादै गर्दा बाटोमै उनको ज्यान गएको पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा रौतहट नसिँग होमका सञ्चालक डाक्टर राम शंकर ठाकुरले बताए।  

मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ। तीनदिन पहिले निजको आरडिटी गरिएको थियो। आरडिटीको रिजल्ट नेगेटिभ भएको थियो।

आइतबार मध्यरातमा ठाकुरलाई सास फेर्न गाह्रो भएपछि परिवार जनले अस्पताल लैजादै गर्दा उनको बाटोमै ज्यान गएको छ।

पूर्व मेडिकल सपरिटेन्डेट तथा नसिँग होमका सञ्चालक डाक्टर ठाकुर मृतकका जेठा दाजु हुन्।  

मृतक वडाअध्यक्ष ठाकुरको शव जटहारा मै राखिएको छ। उनको पिसिआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको र उनको स्वाब संकलनपछि नै अन्तिम संस्कार गरिने जेठा दाजु डाक्टर ठाकुरले जनाएका छन्। 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *