Home / Nepal / News / १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर अश्लिल भिडियो आफन्तलाई पठाउने पक्राउ

१३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर अश्लिल भिडियो आफन्तलाई पठाउने पक्राउ

काठमाडौं । प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *