Home / Nepal / गुल्मीमा ढुङ्गा खस्दा एकै परिवारका चार जनाको मृत्यु

गुल्मीमा ढुङ्गा खस्दा एकै परिवारका चार जनाको मृत्यु

गुल्मी: पाखोमाथीबाट खसेको ढुंगाले घर भत्काउँदा गुल्मीमा एकै परिवारका चारजनाको ज्यान गएको छ।

शुक्रबार साँझ घरभन्दा माथितिरबाट खसेको ढुंगाले गुल्मीको रुरुक्षेत्र ५ का राजु माझीको घर भत्किएर उनकी पत्नी सहित दुई छोरा र १० महिने छोरी मारिएको जिल्ला प्रहरी कार्यलय गुल्मिले जानकारी दिएको छ।

राजु भने रोजगारीका सिलसिलामा विदेशमा रहेका बुझिएको छ।

शुक्रबार बेलुकी करिब साढेसात बजेतिर खाना पकाउने तयारी गरिरहेका वेला डाडोबाट खसेको ढुंगा उछिट्टिएर घरलाइ किचेको थियो।

उक्त समयमा राजु माझिको श्रीमती ३० बर्षकि विना माझी सहित घरभित्र रहेका दुई छोरा र एक नाबालक छोरीको मृत्यु भएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *