Home / Society / सिन्धुपाल्चोक पहिरो : घाइतेलाई काठमाडौं ल्याइयो, २० जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरो : घाइतेलाई काठमाडौं ल्याइयो, २० जना अझै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकमा गए रातिदेखि परेको अविरल वर्षाका कारण दुई ठाउँकाे पहिरोमा परि घाइते भएका एकजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पहिरोले सिँगो गाउँ नै क्षति पुर्‍याएको छ ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार बाह्रबिसे नगरपालिकाको जम्बुमा गएको पहिरोमा परेर अहिलेसम्म २० जना बेपत्ता भएको खुलेको छ ।

सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको र उद्धार जारी रहेको उनले बताए ।

बाढी र पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबु छोरी रहेको बताइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *