Home / Nepal / News / ओली भन्छन् : अब पार्टी एक हुने सम्भावना निकै कम छ

ओली भन्छन् : अब पार्टी एक हुने सम्भावना निकै कम छ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एक हुने सम्भावना निकै कम रहेको बताउनुभएको छ ।

उहाँले पार्टीको विवाद उत्कर्षमा पुगेको बेला सो कुरा बताउनुभएको हो ।


आज बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुलाई पछिल्लो अवस्थाको बारेमा जानकारी दिदै एकता बचाउन मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ ।

त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ ।

कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन, ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले जानकारी दिनुभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *